images
images

हिमालयन एभरेस्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश 


  • 424
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    हिमालयन एभरेस्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश 

    काठमाडैं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १४ करोड ६६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

    कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि वार्षिक साधारणसभामा प्रस्तुत गरिने छ ।


    images

    Logo