images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 453
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले माघ २५ गते, बिहीबार, आफ्नो ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौंमा सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको पुस,२६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

    सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १४ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


    images

    Logo