images
images

नेपालको पासपोर्ट कम शक्तिशाली सूचीको सातौं स्थानमा, सबैभन्दा शक्तिशाली कुन ?


  • 814
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    नेपालको पासपोर्ट कम शक्तिशाली सूचीको सातौं स्थानमा, सबैभन्दा शक्तिशाली कुन ?

    काठमाडौं ।  विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०४ ग्रेडिङमध्ये ९८ औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो ।

    ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली पासपोर्टको नामसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको पासपोर्ट ४० वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ ।

    सूचीमा सबभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन रहेका छन् । त्यहाँको पासपोर्टले १९४ मुलुकमा अनअराइभल भिसा पाउँछ । 

    सूचीअनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । सूचीको १०४ औं स्थानमा रहेको अफगानस्तानको पासपोर्टले २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । त्यसपछि रहेको सिरियाको पासपोर्टले २९, इराकको पासपोर्टले ३१, पाकिस्तानको पासपोर्टले ३४, यमनको पासपोर्टले ३५ र सोमालियाका पासपोर्टले ३६ स्थानमा अनअराइभल भिसा पाउँछन् । द्वन्द्वग्रस्त मुलुक प्यालेस्टाइनको पासपोर्ट, लिबियाको पासपोर्ट र नेपालको पासपोर्टले भने ४० मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

     


    images

    Logo