काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।