images
images

वायुसेवा निगमको वाइडबडीमा समस्या, उडान रद्द हुँदा ५ सय ३० यात्रु अलपत्र


  • 349
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    वायुसेवा निगमको वाइडबडीमा समस्या, उडान रद्द हुँदा ५ सय ३० यात्रु अलपत्र

    काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा समस्या आएपछि काठमाडौंबाट दोहा र दोहाबाट काठमाडौं उड्नुपर्ने ५ सय ३० जना यात्रुहरु अलपत्र परेका छन् । निगमको ९एन–एएलजेड कलसाइनको वाइडबडी जहाजमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि काठमाडौंबाट दोहा उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका हुन् । 

    निगमको उक्त जहाजमा समस्या आएपछि काठमाडौं–दोहा–काठमाडौं दुईतर्फी उडान नै रद्द भएको हो । जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमै समस्या आएकाले उडान रद्द गर्नुपरेको निगमले जनाएको छ ।

    हाल प्राविधिक समस्या आएको जहाज मर्मतका लागि ग्राउन्डेड गरिएको छ । नेपाल एयरलाइन्सका दुई न्यारोबडी र दुई वाइडबडीमध्ये दुई वटा जहाजमा प्राविधिक समस्यमा आएर ग्राउन्डेड भएपछि एयरलाइन्सको उडान तालिका प्रभावित बनेको छ ।


    images

    Logo