images
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 1.3K
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    इन्स्योरेन्सले माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo