काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।