images
images

पोखरा प्याराग्लाइडिङ उडानको शूल्क घट्यो


  • 450
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    पोखरा प्याराग्लाइडिङ उडानको शूल्क घट्यो

    काठमाडौं । प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालीको प्रावधान हटेपछि पोखराको प्याराग्लाइडिङ उडानको शुल्क घटेको छ । मङ्सिरसम्म  उडानको १२ हजार रुपैयाँ  लिँदै  आएका  पोखराका  प्याराग्लाइडिङ  कम्पनी  अहिले तीनदेखि  चार हजार रुपैयाँमा उडान गरिरहेका हुन् ।

    प्याराग्लाइडिङ व्यवसायीबिचको विवादले खुला प्रणालीमा गएपछि उडान शुल्क ७५ प्रतिशतसम्म घटेको हो । गएको  मङ्सिर  अन्तिम साता २१ कम्पनीले उडानमा खुला प्रणाली माग्दै व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मा निवेदन दिएका थिए ।

    व्यवसायीको मागबमोजिम खुला प्रणालीमा जाने निर्णय लिएपछि बढेको विवादले दुई साता उडान नै ठप्प बनेको थियो । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा व्यवसायी आफैँले मूल्य तोकेर उडान गर्न सहमत जुटेपछि पुस १५ देखि फेरि उडान सुरु भएको  थियो । 


    images

    Logo