काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी फागुन ३ गते बिहिबारका दिन काठमाडौँ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कुल ५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।
बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।
साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदनसहितको सम्पूर्ण वित्तीय विवरणउपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २५ गते बुकक्लोज बन्द हुनेछ । नेपाल स्टक एक्सचेन्जमा माघ २४ सम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


