काठमाडौं । प्रभु बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ। बैंकको सोमबा बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो।
बैठकले २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।