images
images

युनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 530
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    युनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले फागुन ६ गते, आइतबार, अनमोल ब्याङ्गवेड शंखमुल, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । 

    सभाले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 


    images

    Logo