काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र सो को लागि आवश्यक पर्ने कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले प्रस्तावित बोनसपछि ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले भनेको छ '(ग) श्री नेपाल बीमा प्राधिकरणको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुरयाउने निर्देशन प्रयोजनार्थ ७.७५% बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्व ३९ करोड ९८ लाख ३६ हजार ३ सय ७ रुपैयाँको ४२ प्रतिशत अर्थात (१:०४२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने ।.'


