images
images

हकप्रद निष्काशनको लागि दोर्दी खोलाले चयन गर्यो बिक्री प्रबन्धक


  • 446
    SHARES
  • २०८० माघ २१ गते आइतबार

    हकप्रद निष्काशनको लागि दोर्दी खोलाले चयन गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो  ।

    कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जस अनुसार दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ  ।

    विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छन् । 


    images

    Logo