images
images

मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 377
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । मिर्मिरे लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन १४ गते सोमबार, होटल सारथी, धुलिखेल नगरपालिका वडा.७, धुलिखेल, क्राभेपलान्चोकमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । 

    त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि छ । संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

    मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो ।

    सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 


    images

    Logo