images
images

एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 352
    SHARES
  • २०८० माघ २५ गते बिहीबार

    एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    इन्स्योरेन्सले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा  बिहान साढे ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

     त्यसैगरी, सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तनपश्चात सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo