images
images

करिब एक चौथाईले बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलन भने घट्यो


  • 357
    SHARES
  • २०८० फाल्गुण १ गते मंगलबार

    करिब एक चौथाईले बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलन भने घट्यो

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघमा घरजग्गाको कारोबार करिब एक चौथाईले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को माघको तुलनामा चालु वर्षको माघमा कारोबार २३.९३ प्रतिशतले बढेको हो ।

    गत माघमा देशभर ४१ हजार ८६ कित्ता जग्गा लिखत पारित भएको थियो जुन यस वर्ष बढेर ५० हजार ९२१ को संख्यामा पुगेको छ । चालु वर्षको पुसको तुलनामा जग्गाको कारोबार १२.४६ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । गत महिनामा ४५ हजार २७७ वटा कारोबार भएका थिए । 

    जग्गाको कारोबार बढेपनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने ८.६७ प्रतिशतले घटेको छ । गत वर्षको सोही महिनामा उक्त क्षेत्रबाट ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यस माघमा घटेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । 

    गत महिनाको तुलनामा जग्गा कारोबारबापतको राजस्व यस महिना ५.३१ प्रतिशतले बढेको छ । सो महिनामा ३ अर्ब २० करोड रुपैयाँ राजस्व उठेको थियो । 

    चालु आर्थिक वर्षको माघ महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामबाट भएको छ । उक्त कार्यालयबाट २०९२ कारोबार भएका छन् । सुनसरी र भद्रपुर कार्यालयबाट क्रमशः २०३२ र १९०० कारोबार भएका छन् । 

    त्यस्तै, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, जलेश्वर, सिराहा, मलंगवा, पर्सा, कलैयाबाट पनि हजार भन्दा धेरै कारोबार माघ महिनामा भएका छन् ।


    images

    Logo