images
images

१,९८५ निजामती कर्मचारी चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाँदै (सूचीसहित)


  • 177
    SHARES
  • २०८३ श्रावण २ गते शनिबार

    १,९८५ निजामती कर्मचारी चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाँदै (सूचीसहित)

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा उमेर हद तथा पदावधि पूरा गरी १,९८५ जना निजामती कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत कुल ९२,५२० निजामती कर्मचारीमध्ये चालु आर्थिक वर्षभित्र उक्त संख्यामा कर्मचारी अनिवार्य अवकाशमा जाने जानकारी गराइएकाे हाे ।

    तहगत विवरणअनुसार अवकाश हुनेमध्ये विशिष्ट श्रेणी वा सो सरह २० जना, सहसचिव वा सो सरह ८७ जना, उपसचिव वा सो सरह २०६ जना तथा शाखा अधिकृत वा सो सरह ३२० जना रहेका छन् । त्यसैगरी सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि अनिवार्य अवकाशमा जानेछन् ।

    राष्ट्रिय किताबखाना (निजामती) ले कार्यसञ्चालन निर्देशिका, २०७२ बमोजिम अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण सार्वजनिक गर्ने व्यवस्था अनुसार उक्त सूची सार्वजनिक गरेको छ । कार्यालयका अनुसार कर्मचारीहरूको विस्तृत विवरण राष्ट्रिय किताबखानाको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

    कार्यालयले सार्वजनिक गरेको विवरणमा न्याय सेवाका कर्मचारीको विवरण समावेश नगरिएको पनि जनाएको छ।

    सूची


    images

    Logo