images
images

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा


  • 97
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । 

    कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कँडेल विरुद्ध गत असार ३२ गते प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बोलाइएको थियो ।

    उक्त अविश्वासको  प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ । गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।


    images

    Logo