images
images

अख्तियारमा एक वर्षमा ३३ हजारभन्दा बढी नयाँ उजुरी, झण्डै आधा स्थानीय तहसँग सम्बन्धित


  • 190
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    अख्तियारमा एक वर्षमा ३३ हजारभन्दा बढी नयाँ उजुरी, झण्डै आधा स्थानीय तहसँग सम्बन्धित

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्ष २०८२/८३ मा भ्रष्टाचारसम्बन्धी ३३ हजारभन्दा बढी नयाँ उजुरी दर्ता भएका छन् । आयोगले वार्षिक समीक्षा सार्वजनिक गर्दै उजुरी दर्ता, फछ्र्यौट र अनुसन्धानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ७ हजार ३ सय २३ र आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता भएका ३३ हजार ३ सय २८ सहित कुल ४० हजार ६ सय ५१ उजुरी दर्ता भएका थिए । तीमध्ये ३२ हजार ७ सय ९९ उजुरी फछ्र्यौट गरिएको छ भने ७ हजार ८ सय ५२ उजुरी चालु आर्थिक वर्षका लागि सारिएको छ ।

    तथ्यांकअनुसार सबैभन्दा धेरै उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् । कुल उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् । त्यस्तै, सङ्घीय सरकारसँग सम्बन्धित उजुरी ३८ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १३.०४ प्रतिशत रहेका छन् ।

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उजुरी फछ्र्यौटको दरमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अनुसन्धानको गुणस्तर अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानलाई थप सुदृढ र परिणाममुखी बनाइने पनि स्पष्ट पारे ।


    images

    Logo