images
images

एनएमबि लघुवित्तले यस वर्ष लाभांश नदिने


  • 376
    SHARES
  • २०८० फाल्गुण २ गते बुधबार

    एनएमबि लघुवित्तले यस वर्ष लाभांश नदिने

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     

     


    images

    Logo