images
images

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 425
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । स्वरोजगार लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा दिउँसो साढे ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १३ गते बुकक्लोज गर्दैछ। यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo