images
images

गोर्खाज फाइनान्सले बोलायो साधारणसभा, के–के एजेण्डा ?


  • 344
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    गोर्खाज फाइनान्सले बोलायो साधारणसभा, के–के एजेण्डा ?

    काठमाडौं । गोर्खाज फाइनान्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत्र २ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे बस्नेगरि सभा बोलाएको छ ।  सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । 

    सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, फागुन १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 

     


    images

    Logo