images
images

कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 443
    SHARES
  • २०८० फाल्गुण ८ गते मंगलबार

    कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । कृषि विकास बैंकले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले फागुन ३० गते भक्तपुरको बोडे स्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्नेगरि सभा बोलाएको छ । 

    सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुनबमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।

    चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसपालिको वार्षिक साधारणसभामा बैंकले लाभांशको प्रस्ताव भने लैजाने छैन।

    सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।


    images

    Logo