काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसका साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ ।


