images
images

युनाइटेड मोदी हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 366
    SHARES
  • २०८० फाल्गुण १४ गते सोमबार

    युनाइटेड मोदी हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बेठकले सो निर्णय गरेको हो । 

     हाइड्रोपावरले चैत २९ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।  

    सभाले चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। यो कम्पनी ल्याउन विद्युत नियम आयोगले गत माघ २२ गते सहमति प्रदान गरेको थियो।

    हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित मेवा खोला जलविद्युत आयोजना (५० मेगावाट) मा लगानी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनी अधिकृत तथा जारी पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

    सभाले चारजना सञ्चालकको निर्वाचन पनि गर्नेछ। अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थको मतलब चैत ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

     

     


    images

    Logo