images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 328
    SHARES
  • २०८० फाल्गुण १७ गते बिहीबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारण सभा बोलाएको छ । बैंकले चैत २० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि सभा बोलाएको हो । 

    बैंकले यसपटकको लागि कुनै पनि लाभांशको प्रस्ताव भने प्रस्तुत गरेको छैन । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

    कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २४ गते देखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 


    images

    Logo