images
images

नेशनल लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 423
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    नेशनल लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेबस्नेगरि सभा बोलाएको छ । 

    सभाले गत आर्थिक वर्षको ७।५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४ सय ६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo