काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले चैत २७ गते मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइट पोखरामा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।