images
images

आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 381
    SHARES
  • २०८० फाल्गुण २९ गते मंगलबार

    आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७९/८० लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । सो निर्णयपश्चत लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

    बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images

    Logo