काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत ५ गतेका लागि तय भएको १३ औं वार्षिक साधारण सभा कम्पनीमा विशेष परिस्थिती सिर्जना भएकाले स्थगित गरिएको जनाएको छ । कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगन गर्ने निर्णय गरेको हो । विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो । उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।