काठमाडौं । सपोर्ट लघुवित्तले चैत १७ गते पुनः नवौं वार्षिक साधारण सभा बोलाएको छ । यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेबस्नेगरि सभा बोलाएको छ ।
सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साथै, हाल कायम रहेको जारी शेयर पूँजी बृद्धि गरी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपैयाँ पुर्याउन प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । शुक्रबार र शनिबार परेकाले १३ र १४ गते सेयर कारेबार भएन । १५ गते आइतबार लोसारको अवसरका सरकारले सार्वजनिक विदा दिएको थियो । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।


