images
images

बोनस वितरण प्रस्तावसहित मैलुङ्ग खोला जलविद्युतले बोलायो वार्षिक साधारणसभा


  • 335
    SHARES
  • २०८० चैत्र ८ गते बिहीबार

    बोनस वितरण प्रस्तावसहित मैलुङ्ग खोला जलविद्युतले बोलायो वार्षिक साधारणसभा

    काठमाडौं ।  बोनस वितरणको प्रस्तावसहित मैलुङ्ग खोला जलविद्युतले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । 

    सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo