काठमाडौं । मानुषी लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत ३० गते होटल उग्रचण्डी बनेपामा विहान १०ः३० बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को पाँचौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।
सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।
उक्त सभाका लागि चैत १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।


