images
images

नारायणी डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा


  • 393
    SHARES
  • २०८० चैत्र १६ गते शुक्रबार

    नारायणी डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा

    काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलाएको छ । होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्नेगरि सभा बोलाएको छ । 

    यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेण्डा छैन । सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।

    अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि छ । 


    images

    Logo