images
images

चितवनमा ८ महिनामा ७ सय बढी बैंकिङ कसुरका निवेदन, साढे १ सय मुद्धा दर्ता


  • 299
    SHARES
  • २०८० चैत्र १६ गते शुक्रबार

    चितवनमा ८ महिनामा ७ सय बढी बैंकिङ कसुरका निवेदन, साढे १ सय मुद्धा दर्ता

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म ७ सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् ।

    कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार २०७९ साल मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आर्थिक बर्षमा परेका निवेदनमध्ये १ सय ६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए ।

    शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीले बताए । उनले भने, ‘करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।’

    निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताए । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ ।

    कार्कीका अनुसार यस शाखामा ५० हजार रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका उजुरीहरु आएका छन् । नौ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनले भने । 

     


    images

    Logo