images
images

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान


  • 435
    SHARES
  • २०८० चैत्र २० गते मंगलबार

    सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

    काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समिति वैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँबराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।

    लाभांश पारितको प्रस्तावसहित कम्पनीले २०८१ वैशाख १२ गते साधारणसभा बोलाएको छ । साधारणसभा आउँदो २०८१ वैशाख १२ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेबस्नेगरि सभा बोलाएको छ । 

    सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक तथा वित्तीय प्रतिवेदन पनि स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

     


    images
    images

    Logo