काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ ।