images
images

पिपुल्स पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 457
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    पिपुल्स पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । पिपुल्स पावरले साधारण सभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख १७ गते, सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी, सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

     


    images
    images

    Logo