काठमाडौं । अभियान लघुवित्तले यस बर्ष लगानीकर्ताको हातखाली बनाएको छ । बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। तसर्थ, यस बर्ष लगानीकर्ताको हातखाली हुने भएको छ ।
सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।