images
images

लाभांश वितरण प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 394
    SHARES
  • २०८१ बैशाख १७ गते सोमबार

    लाभांश वितरण प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    इन्स्योरेन्सले जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     


    images

    Logo