काठमाडौं । लाइफ इस्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजे सुरु हुनेछ ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि छ ।
यस इस्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।