काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गतका सञ्चालिन दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । “सनराइज फस्ट म्युचल फण्ड” का इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र “सनराइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका हुन् ।
लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा रहेका दुई फण्डका इकाईधनीलाई लाभांश वितरण गर्ने भएको हो । योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।