काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले इकाईधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
यस योजनाले इकाईधनीहरुलाई ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।
भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।