images
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 532
    SHARES
  • २०८१ भाद्र ९ गते आइतबार

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    यसका साथै बैठकले छैठौँ वार्षिक साधारण सभाबाट अनुमोदन गराएको हकप्रद शेयरको दर पनि संशोधन गरेको छ। नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेको इन्स्योरेन्सले अब बोनस शेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। 

    इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको थियो।


    images

    Logo