काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्डका इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।