images
images

कुमारी क्यापिटलका दुई बन्दमुखि योजनाहरुको बुकक्लोज मिति तय


  • 386
    SHARES
  • २०८१ भाद्र १३ गते बिहीबार

    कुमारी क्यापिटलका दुई बन्दमुखि योजनाहरुको बुकक्लोज मिति तय

    काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई बन्दमुखि योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

    गत आर्थिक वर्षका लागि इकाईधनीहरुले कर सहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्विटी फण्ड  र कुमारी धनवृद्धि योजनाले भदौ १९ गते बुकक्लोज गर्ने भएका छन्। 

    यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन् । यी कोषहरुको कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।

     


    images

    Logo