images
images

ओरियन्टल होटल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान


  • 446
    SHARES
  • २०८१ भाद्र २८ गते शुक्रबार

    ओरियन्टल होटल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

    काठमाडौं । ओरियन्टल होटल्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ । होटल्स सञ्चालक समितिले उक्त आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    जसमा ५ प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ४ हजार ५२१.९० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने २९ लाख ६८ हजार ६५९.०५ रुपैयाँ नगद लाभांश रहेका छन् ।

    प्रस्तावित लाभांश अनुमोदन गर्न होटलले आफ्नो २७ औँ वार्षिक साधारणसभा असोज २० गते आयोजना गर्ने निर्णय गरेको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


    images

    Logo