images
images

अपि पावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?


  • 443
    SHARES
  • २०८१ आश्विन १९ गते शनिबार

    अपि पावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश संशोधन गरी साधारण सभा बोलाएको छ। विद्युत नियमन आयोगबाट स्वीकृती नपाएपछि कम्पनीले घोषणा गरेको ९.५१३५ प्रतिशत लाभांश संशोधन गरी साधारण सभा बोलाएको हो।

    अब कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहयक कम्पनी अपि इन्फ्रा लिमिटड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभामा कम्पनीका शेयरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्रसहित गरी ५ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images

    Logo