काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
फण्डले इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।