images
images

सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 311
    SHARES
  • २०८१ कार्तिक ५ गते सोमबार

    सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । आइतबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ४ हजार ७ सय ४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    जसमा १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५ सय ८  रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २ सय ३७ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

     

     


    images

    Logo